बहराइन प्रवेश गर्ने श्रमिकले तीन पटकसम्म कोरोना परीक्षण गर्नुपर्ने

काठमाडौं । बहराइन बैदेशिक रोजगारीका लागि प्रवेश गर्ने श्रमिकले तीनपटकसम्म कोरोना परीक्षण गर्नुपर्ने नयाँ नियम ल्याएको छ ।

कोरोना भाइरस को जोखिमलाई मध्यनजर गर्दै बहराइन सरकारले आफ्नो देश प्रवेश गर्नेहरुलाई कोरोना परीक्षणको दायरा बढाएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

नयाँ नियम अनुसार पहिलो पटक प्रवेश गर्ने बित्तिकै विमानस्थलमै परीक्षण गर्नुपर्नेछ भने दोस्रो पटक पाँच दिनपछि तथा तेस्रोपटक १० दिनपछि पुनः पीसीआर परीक्षण गर्नु पर्नेछ । यसअघि बहराइन प्रवेश गर्नेले दुईपटक मात्र कोरोना परीक्षण गर्ने नियम थियो।

यो नियम यही २२ फेब्रुअरीदेखि लागू हुनेछ । यद्यपि १० दिन अगावै बहराइन छोड्नेहरुको हकमा भने तेस्रो पटक पीसीआर परीक्षण आवश्यक नपर्ने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here