रणवीर सिंहको ‘८३’ जुन ४ बाट सिनेमा घरमा

काठमाडौं । भारतीय क्रिकेट टीमको पहिलो विश्वकप जीतमा निर्मित फिल्म ‘८३’ जुन ४ तारिखबाट सिनेमा घरमा रिलीज हुने भएको छ ।

अप्रिल २०२० मा नै रिलीज हुने भनिएको सिनेमा कोरोना भाइरस र लकडाउनका कारण स्थगित गरिएको थियो ।

धेरै चोटि यस फिल्मको रिलीज मितिलाई लिएर विभिन्न अनुमानहरू लगाइएपनि फिल्ममा कपिल देवको भूमिका खेल्ने रणवीर सिंह आफैंले यस फिल्मको रिलीज मिति पुष्टि गरेका हुन् । उनका अनुसार यो सिनेमा हिन्दी, तमिल, तेलगु, कन्नड र मलयालम भाषामा रिलीज हुनेछ ।

दीपिका पादुकोण यस फिल्ममा कपिल देवकी पत्नी रोमीको भूमिकामा देखिनेछिन् । कपिल देव १९८३ मा विश्वकप जित्ने भारतिय टोलीका कप्तान थिए । यो फिल्मको निर्देशन कबीर खानले गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here