के साँच्चै म्यानचेस्टर सिटी जादैछन् मेस्सी ? किन बारम्बार जोडिदैछ नाम ?

काठमाडौं । बार्सिलोनाका स्टार खेलाडी तथा कप्तान लियोनल मेस्सीले बार्सिलोना छोड्ने कुरा बाहिर आएसंगै उनको नाम पछिल्लो समय इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रान्सेली क्लब पिएसजीसंग बारम्बार जोडिएको छ ।

त्यसमा पनि मेस्सीको नाम सबैभन्दा धेरै इङ्ग्लिस क्लब सिटीसंग जोडिएको छ । इङ्ग्ल्याण्डको मिडिया ‘द सन’ मा छापिएको समाचार अनुसार कप्तान मेस्सीलाई सिटीले चार सय ३० मिलियन युरोको अफर गरेको छ ।

गत अगस्टमा नै मेस्सीलाई ६ सय मिलियन युरो दिनेगरी अफर गरेकोमा कोरोना महामारीकाले क्लबमा परेको आर्थिक प्रभावका कारण रकम घटाएको हो ।

अब भने ३३ वर्षीय मेस्सीलाई आगामी सिजन इङ्ग्ल्याण्ड ल्याउने गरी सिटीले चार सय ३० मिलियन युरोपको प्रस्ताव गरेको हो ।

पछिल्लो पटक पिएसजीसंग ४-१ गोल अन्तरले पराजित भएसंगै मेस्सीले बार्सिलोना छोड्न झनै चर्चा बढेको छ । यस विषयमा मेस्सी र बार्सिलोनाले भने कुनै प्रकारको प्रतिक्रिया दिएको छैन् ।

त्यसो त मेस्सीलाई भित्र्याउनको लागि फ्रेन्च क्लब पिएसजी पनि प्रयासरत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here