भारतबाट कोरोनाविरुद्धको १० लाख डोज खोप आउँदै, २३ देखि वितरण हुने

काठमाडौं, ९ फागुन । भारतको सेरम कम्पनीले उत्पादन गरेको १० लाख डोज कोरोनाविरुद्धको खोप नेपाल आइपुग्दैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती निकालेर आइतबार दिउँसो भारतको सेरम कम्पनीले उत्पादन गरेको १० लाख डोज कोभिड खोप आइतबार आइपुग्ने जनाएको हो ।

सरकारले भारतसँग खरिद गरेर ‘कोभिशिल्ड’ खोप ल्याउन लागेको हो ।

दिल्लीबाट एयर इण्डियाको जहाजबाट ल्याउन लागिएको खोप दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

खोप ल्याएपछि टेकुमा रहेको भण्डारण स्थलमा राखिनेछ । त्यसपछि फागुन २३ देखि कोभिड खोप अभियान अन्तर्गत जिल्ला स्वास्थ्य कार्यालयमार्फत वितरण हुनेछ ।

यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो। अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने छ।

अब सार्वजनिक यातायातका चालक, सहचालक तथा विश्वविद्यालय र विद्यालयका शिक्षकले पनि खोप लगाउन पाउने भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here