चन्द्रागिरी हिल्सको सेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, ९ फागुन । चन्द्रागिरी हिल्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आइतबार चन्द्रागिरी हिल्सको सेयर मूल्य ९.८० प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।

पोजेटिभ सर्किट लागेको हिल्सको सेयर मूल्य २४ रुपैयाँले बढ्दै प्रतिकित्ता २६९ रुपैयाँ पुगेको छ । चन्द्रागिरी हिल्स लिमिटेडको सेयर कारोबार माघ २५ गतेदेखि शुरु भएको छ ।

कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू १६१ मा खुल्ला गरेको थियो । किन्नको लाई दैनिक १० लाख भन्दा धेरै रहेपनि बेच्ने भने शून्य देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here