कहिले हुन्छ महिला लघुवित्तको आइपीओ बाँडफाँड ?

काठमाडौं, ९ फागुन । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड यसै साता हुने भएको छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले यही साताको शुक्रबार वा शनिबारसम्ममा महिला लघुवित्तको आइपीओ बाँडफाँड हुने गरि काम अघि बढाएको जनाएको छ ।

विक्री प्रबन्धक अनुसार आवेदन रुजु गर्ने काम भै रहेकाले यो काम सकिएपछि अन्तिम तथ्यांक नियामक निकायलाई जानकारी गराई प्रि-अलोटमेन्ट गरिनेछ ।

यो आइपीओमा सर्वसाधारणबाट हालसम्मकै सबैभन्दा धेरै आवेदन परेको छ। यसमा मागभन्दा ६२.४९ बढी आवेदन परेको सीडीएस एन्ड क्लियरिङले जनाएको छ।

यो हिसाबले यो आइपीओको बाँडफाँड पनि गोलाप्रथाबाट हुनेछ। गोलाप्रथाबाट ३७ हजार ५०० भाग्यमानी लगानीकर्ताले १० कित्ताका दरले सेयर पाउनेछन्।

लघुवित्तले गत शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणका लागि छुट्याइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here