ज्योति लाइफले पायो आइपीओ निष्कासनको अनुमति, सर्वसाधरणलाई कति ?

काठमाडौं ९ फागुन । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६६ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासनको अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले उक्त रकम बराबरको ६६ लाख कित्ता आइपीओ निष्कासनको अनुमति दिएको हो ।

बोर्डले कम्पनीलाई आइपीआ विक्री गर्न फागुन ७ गते अनुमति दिएको हो । यो आइपीआ विक्री प्रबन्धकको जिम्वेवारी एनएमबि क्यापिटलले पुरा गर्नेछ ।

बोर्डको अनुमति पश्चात कम्पनीले १०० रुपैयाँ अंकित दरका ६६ लाख कित्ता जारी गर्नेछ । जसमध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत म्युचुअल फण्डहरुलाई सुरक्षित गरेर बाँकी सर्वसाधरणमा वितरण हुनेछ ।

यस कम्पनीले जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी २ अर्ब रुपैयाँको लागि ६६ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो ।

हाल कम्पनीको संस्थापकतर्फबाट मात्र चुक्ता भएको पूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here