इन्फ्रास्ट्रकचर बैंकको सेयर मूल्य १० प्रतिशत बढ्यो,कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं १० फागुन । बजार खुले लगत्तै इन्फ्रास्ट्रकचर बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सोमबार नियमित कारोबार खुले लगत्तै १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको हो ।

सर्किट लागेसँगै इन्फ्रास्ट्रकचर बैंकको सेयर मूल्य प्रतिकित्ता ६० रुपैयाँ बढेर ६६० रुपैयाँ पुगेको छ ।

बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको थियो । बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो।

जस मध्ये ०।२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका थिए । नेपाली पुँजीबजारमा आएको यो नै हालसम्म कै ठुलो आईपिओ हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here