टीएमएस प्रयोगकर्ताको संख्या ३ लाख ७६ हजार नाघ्यो, रोजाईमा कुन ब्रोकर ?

काठमाडौं, १० फागुन । नेपाल स्टक एक्चेन्ज (नेप्से) ले प्रयोगमा ल्याएको पूर्ण स्वचालित अनलाइन प्रणाली प्रयोगमा पछिल्लो समय लगानीकर्ताको आकर्षण देखिन थालेको छ ।

प्रयोगमा आएको दुईवर्षमा अनलाइन प्रणाली (टीएमएस) प्रति लगानीकर्ताको आकर्षण देखिन थालेको हो ।

सरकारले कोरोना रोकथामका लागि लगाएको लकडाउन, निषेधाज्ञाका कारण ब्रोकर कार्यालयमा गएर सेयर कारोबार गर्न नपाउने भएपछि लगानीकर्ता अनलाइन प्रणालीतर्फ आकर्षित भएका थिए ।

नेप्सेले सार्वजनिक गरेको तथ्यांक अनुसार नेप्सेको अनुसार फागुन ९ गतेसम्म ब्रोकर एकाउन्ट खोल्नेको संख्या ५ लाख ५० हजार ४ सय ९ जना पुगेको छ ।

जस मध्ये ६८.३६ प्रतिशत अर्थात ३ लाख ७६ हजार २ सय ६१ जना अनलाइन प्रणालीमा आवद्द रहेको नेप्सेले जनाएको छ । यी मध्ये १ लाख ९५ हजार ९ सय ८९ जना सक्रिय रुपमा कारोबार गरिरहेको नेप्सेले जनाएको छ ।

लगानीकर्ताको रोजाईमा कुन ब्रोकर

अनलाइनको लागि सबै भन्दा धेरै युजर नेम र पासवर्ड दिनेमा नासा सेक्युरिटिज रहेको छ । नासाले हालसम्म ३६ हजार ३ सय २७ जनालाई युजर नेम र पासवर्ड प्रदान गरेको छ ।

त्यस्तै १० हजार भन्दा बढी युजर नेम र पासवर्ड दिने ब्रोकरमा सानी सेक्युरिटिज (२६ हजार १ जना), दिपशिखा (१६ हजार ४ सय २२ जना) आर्यतारा (१६ हजार २ सय ३२ जना, मिदास (१६ हजार ६७ जना), भिजन (१५ हजार ९ सय ५५ जना), इम्पिरियल (१५ हजार २ सय १ जना), अनलाइन सेक्युरिटिज (१४ हजार ९ सय २६ जना), लिन्च स्टक (१२ हजार ९ सय ३५ जना), ४ सुन्धार सेक्युरिटिज (११ हजार ३ सय ८२ जना) रहेका छन् ।

सगरमाथा सेक्युरिटिजले भने सबै भन्दा कम अर्थात् ५ सय ९३ जनालाई युजर नेम र पासवर्ड प्रदान गरेको छ । १ हजार भन्दा कम लगानीकर्तालाई युजर नेम र पासवर्ड दिने सगरमाथा सेक्युरिटिज मात्र हो । पछिल्लो समय नेप्सेले अनलाइनबाटै युजर आइडी र पासवर्ड लिन सकिने व्यवस्था गर्दिएसँगै अनलाइन प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको हो ।

ब्रेकर कार्यालयहरुले पनि अनलाइन प्रणालीबाटै टीएएमएसको युजर नेम र पासवर्ड सहजै उपलब्ध गराउन थालेकाले लगानीकर्ता यसप्रति आकर्षित भएका हुन् ।

नेप्सेले प्रयोगमा ल्याएको पूर्ण स्वचालित अनलाइन प्रणाली लगानीकर्ता मैत्री नभएको र झन्झटिलो प्रक्रिया रहेकाले यसप्रति आकर्षित हुन नसकेका लगानीकर्ता बताउँछन् ।

अनलाईन शेयर कारोबारीको संख्या बढ्न नसक्नुमा कतियप लगानीकर्ताले यसको प्रयोग गर्ने तरिका नजान्नु, न्यूनतम २५ प्रतिशत रकम ब्रोकरको खातामा अग्रिम जम्मा गर्नुपर्ने व्यवस्था नै असहज रुपमा देखिएको थियो । यसअघि अनलाइनको युजर आइडी र पासवर्ड लिन ब्रोकर कार्यालयमै गएर भौतिक फारम भरेर बुझाउनु पर्ने झन्झटिलो व्यवस्था थियो ।

अहिले सेयर कारोबारको भुक्तानीसमेत अनलाइन प्रणालीबाटै हुने गरेको छ । सेयर किनबेच गरेको पैसा ब्रोकबर कार्यालयहरुले पनि अनलाइनबाटै लगानीकर्ताको खातामा पठाउन थालेका छन् भने लगानीकर्ताले पनि ब्रोकरको खातामा जम्मा गर्दिने गरेका छन् ।

यसरी सेयर कारोबारको पैसा समेत लिनरदिन ब्रोकर कार्यालय जानु नपर्ने व्यवस्था भएपछि लगानीकर्तालाई सहज भएको छ ।

कोरोनाका कारण ब्रोकर कार्यालयमै आएर कारोबार गर्दा संक्रमणको जोखिम बढ्ने र ब्रोकरको स्क्रीन रुमसमेत बन्द भएकाले अनलाइनको युजर आइडी र पासवर्ड लिनेको संख्या ह्वात्तै बढेको ब्रोकरहरु बताउँछन् ।

पूर्वअर्थमन्त्री डा. खतिवडाले २०७५ साल कात्तिक २० गते निकै तामझामका साथ तारे होटलमा अनलाइन प्रणाली उद्घाटन गरेका थिए । पुस १७ गतेदेखि सेयर बजारमा अनलाइन प्रणाली लागू भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here