दोहोरो अंकले घट्यो नेप्से, ‘निफ्रा’ सहित ८ कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, १० फागुन । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० दोहोरो अंकले घटेको छ । आइतबार सामान्य अंकले बढेर २६४०.३४ विन्दुमा पुगेको नेप्से सोमबार ३२.६७ अंकले नेप्से घटेर २६०७.६७ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २०७ कम्पनीको ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६१७ रुपैयाँ बराबरको २ करोड १६ लाख १४ हजार ४५२ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये २ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने १० वटा समूहको परिसूचक राताम्मे भएका छन् । कारोबारमा आएका २०७ कम्पनीमध्ये ३१कम्पनीको सेयर मूल्य बढेको छ भने १३९ कम्पनीको मूल्यमा गिरावट आएको छ । ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

कारोबार भएका ८ कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । यी कम्पनी मध्ये २ कम्पनीको सेयरमूल्य १० प्रतिशले बढेको छ भने अन्य ६ कम्पनीको ९ प्रतिशत बढेको छ ।

आँखुखोला जलविद्युत कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १० प्रतिशत बढेको छ भने नेपाल हाइड्रो डेभलोपरको ९ दशमलव ९३ प्रतिशत, अपर तामाकोशीको ९ दशमलव ८३ प्रतिशत, शिवश्री हाइड्रोको ९ दशमलव ६३ प्रतिशत, चन्द्रागिरी हिल्स ९.६७, सनराइज फस्ट म्युचुअल ९.५९ र खानीखोला हाइड्रोको ९ दशमलव ४० प्रतिशतल शेयरमूल्य उच्च बृद्धि भएको छ ।

समूहगत रुपमा हेर्दा जलविद्युत ४५ र अन्य समूह २७ अंकले बढे भने अरु सबै समूह घटेका छन्।

बैंकिङ ५२, ब्यापार ९२, होटल २१, विकास बैंक ६४, फाइनान्स १३, निर्जीवन बीमा १०८, उत्पादन ५६, माइक्रोफाइनान्स ५६ र जीवन बीमा ३५१ अंकले घटेका छन्।

यस दिन सेन्चुरी कमर्सियल बैंकको मूल्य सबैभन्दा धेरै ५.५ प्रतिशतले घटेको छ त्यस्तै सिभिल बैंकको मूल्य ५.३ प्रतिशतले घट्यो। मेगा बैंकको मूल्य ५.२ प्रतिशतले घटेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here