‘निफ्रा’ को सेयर बेच्नेको संख्या घट्यो, कति भयो किनबेच ?

काठमाडौं, १० फागुन । सेयर बजारमा नेपाल इन्फ्रास्टक्चर बैंकको लगानीकर्ता एक सातामै मालामाल भएका छन् । दोस्रो बजारमा कारोबारमा आएदेखि नै लगातार सर्किट लग्दै आएको सेयर मूल्य सोमबार १० प्रतिशत ६० रुपैयाँ बढेर ६ सय ६० रुपैयाँ पुगेको छ ।

त्यसदिन निफ्राको ३२ करोड १२ लाख ३१ हजार ९१७ रुपैयाँ कारोबार भएको छ । ४ लाख ८७ हजार १५४ कित्ता सेयर किनबेच भएको छ ।

यो आइतबारको तुलनामा कारोबार आधा घटेको छ । आइतबार निफ्राको ५५ करोड २१ लाख १२ हजार २३ रुपैयाँ कारोबार भएको थियो । ९ लाख २० हजार ९४० कित्ता सेयर किनबेच भएको थियो । बजारमा दिनहुँ सर्किट लाग्न थालेपछि बेच्नेको संख्यामा कमी आएको छ ।

यस आधारमा ५ हजार लगानी गरेर ५० किता सेयर किन्नेको अहिले सेयर मूल्य ३३ हजार रुपैयाँ पुगेको छ भने ६ हजार लगानी गरेर ६० कित्ता किन्नेको लगानी ३९हजार ६ सय रुपैयाँ पुगेको छ भने ती लगानीकर्ताले (कमिसन र पुँजीगत लाभकर कटौतीबाहेक) नाफा कमाएका छन् ।

धेरै लगानीकर्ता भएको कम्पनी भएकाले बजारमा अहिले यसको मूल्य कतिसम्म जाला भन्ने अनेक हल्ला चलिरहेका छन्। खरिद गर्नेतर्फ अझै पनि ठूलो चाप देखिएकाले कम्पनीको मूल्य केही दिन बढ्न सक्ने देखिन्छ।

सेयर बजार विश्लेषकहरू भने अहिले निफ्राको सेयर मूल्य बढ्नुलाई चलखेल नै हो भन्न नमिल्ने बताउँछन् । बुलिश मार्केट भएकाले नयाँ कम्पनीमा सप्लाइ आउँदैन भनेर नयाँ कम्पनीमा बेच्ने भन्दा किन्नेको जमात बढी भएपछि सेयर मूल्य बढेको विश्लेषकहरुको दाबी छ ।

सेयर खरिद वा बिक्री जे गरे पनि, त्यसबाट हुने नाफा वा नोक्सान बेहोर्ने स्वयं आफैं हुने भएकाले त्यसको निर्णय लगानी कर्ताले नै लिनुपर्ने विज्ञहरु बताउँछन् । निफ्राले जलविद्युतसहित अरू पूर्वाधार आयोजनामा पनि ऋण लगानी गर्ने सरकारी बहु-स्वामित्वका कम्पनी हो ।

कम्पनीले ठूलो रकममा निक्षेप संकलन गरी पूर्वाधार क्षेत्रमा लगानी गर्छ। उसले संकलन गरेको निक्षेपमा दिने ब्याज र ऋणी आयोजनाबाट लिने ब्याजको अन्तर नै आम्दानीको मुख्य स्रोत हो।

‘बैंकले आफ्नो काम गरिरहेकै छ, राम्रै समूहले सञ्चालन गरेको बैंक भएकै कारण लगानीकर्ताले शंका गर्नु नपर्ने स्थान बैकले बनाएको छ । नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ को चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा १२.५४ प्रतिशतले घटेको छ ।

अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ४० करोड २७ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको नाफा घटेर ३५ करोड २५ लाख कायम भएको हो ।

बैंकको वितरणयोग्य नाफा भने २७ करोड ६० लाख रहेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.७२ प्रतिशतले घटेर ५६ करोड ९४ लाख कायम भएको छ ।

त्यस्तै बैंकको संचालन मुनाफा १२.३२ प्रतिशतले घटेर ३५ करोड २५ लाख कायम भएको छ । १२ अर्ब चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १ अर्ब ९४ करोड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here