प्रधानसेनापति थापा र प्रधानन्यायधीश जबराबीच भेटवार्ता

काठमाडौं,१० फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेट भएको छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला आउने मिति नजिकिँदै गर्दा अवस्थामा नेपाली सेनाका प्रधानसेनापति थापा र प्रधानन्यायाधीशबीच आकस्मिक भेट भएको हो । फागुन १३ गतेभित्र संसद विघटन सम्बन्धी मुद्दाको फैसला आउने अनुमान गरिएको छ।

विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापति थापाले शमशेरलाई भेट्नु अर्थपूर्ण मानिएको छ । यस्तो समयमा प्रधानन्यायाधीश र प्रधानसेनापतिको भेटले राजनीतिक वृत्तमा समेत तरंग पैदा गरिदिएको छ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको पक्षरविपक्षको बहस ७ फागुनमा सकिएको थियो। मंगलबारदेखि हेर्दाहेर्दैमा सुनुवाई हुँदैछ। गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन्। संसद विघटनको निर्णयसँगै सत्तारुढ दलकै विभाजित प्रचण्ड माधव समूहले विरोध गर्दै आइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here