संसद् विघटन मुद्दाको फैसला नआउँदै चुनाव सामग्री खरिद गर्न बोलपत्र आह्वान

काठमाडौं, ११ फागुन । निर्वाचन आयोगले निर्वाचन सामग्री खरिदका लागि बोलपत्र आह्वान गरेको छ।

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेकै अवस्था रहेको बेला बोलपत्र आह्वान गरेको हो । सरकारले घोषित वैशाख १७ र २७ को मध्यावधि चुनावका लागि आयोगले प्रक्रिया अघि बढाएको हो।

आयोगले भनेको छ, ‘सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम खरिद कार्य प्रक्रिया अवलम्बन गर्दा घोषित मितिमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक निर्वाचन सामग्रीहरूको व्यवस्थापन गर्न असम्भवप्रायः भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा ३८ को व्यवस्थाबमोजिम छिटो माध्यमबाट निर्वाचन सामग्री खरिद गर्न बोलपत्र आह्वानसम्बन्धी सूचना प्रकाशित गरिएको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here