‘निफ्रा’को सेयर मूल्य १० प्रतिशत घट्यो, बेच्नेको ओइरो किन्ने शून्य

काठमाडौं ११ फागुन । बजार खुले लगत्तै पोजेटिभ सर्किट इन्फ्रास्ट्रकचर बैंकको सेयर मूल्य १० प्रतिशत घटेको छ ।

मंगलबारको नियमित कारोबार खुले लगत्तै १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको बजार १० प्रतिशत नै घटेर नेगेटिभ सर्किट लागेको हो ।

नेगेटिभ सर्किट लागेसँगै प्रतिकित्ता ६६ रुपैयाँ बढेर सेयर मूल्य ५९४ मा आएको छ । सो दरमा मूल्य घटे पनि आज भने किन्ने कोही छैनन्। कारोबार खुल्दा आज पनि कम्पनीको मूल्य हिजोको तुलनामा १० प्रतिशतले बढेको थियो।

यसअघि सेयर उठाएकाहरुले बेच्न खोज्दा विक्री चाप अत्याधिक रहेको छ भने खरिद कर्ता शून्य रहेका छन् । एकहप्तासम्म लगातार किन्न नपाइएको सेयर आज एकैदिन खरिदकर्ता शून्य रहनुले बैंकको सेयरमा चलखेल भएको अनुमान गर्न सकिन्छ ।

११:४५ बजेतिरको मार्केट डेप्थ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here