महिला लघुवित्तको आइपीओ बुधवार प्रि-अलोटमेण्ट, बाँडफाँड कहिले ?

काठमाडौं, ११ फागुन । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड शुक्रबारसम्म गर्ने तयारी थालिएको छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले बुधवार प्रि-अलोटमेण्ट गरी शुक्रबार वा शनिबारसम्ममा आइपीओ बाँडफाँड हुने गरि काम अघि बढाएको जनाएको छ ।

विक्री प्रबन्धक अनुसार आवेदन रुजु गर्ने काम भै रहेकाले यो काम सकिएपछि अन्तिम तथ्यांक नियामक निकायलाई जानकारी गराई प्रि-अलोटमेन्ट गरिनेछ ।

उक्त कम्पनीको आइपीओमा १५ लाख ८० हजार ७८१ जनाले आवेदन दिएका छन् । कम्पनीको आइपीओका लागि परेको आवेदन हालसम्मकै उच्च रहेको छ ।

यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख २९ हजारभन्दा बढीको आवेदन परेको थियो । यो हिसाबले यो आइपीओको बाँडफाँड पनि गोलाप्रथाबाट हुनेछ। गोलाप्रथाबाट ३७ हजार ५०० भाग्यमानी लगानीकर्ताले १० कित्ताका दरले सेयर पाउनेछन्।

लघुवित्तले गत शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणका लागि छुट्याइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here