काठमाडौं, १२ फागुन । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ शुक्रबार बाँडफाँड हुने भएको छ ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा शुक्रबार बिहान ८ आइपीओ बाँडफाँड हुन लागेको हो।
उक्त कम्पनीको आइपीओमा १५ लाख ८० हजार ७८१ जनाले आवेदन दिएका छन् । कम्पनीको आइपीओका लागि परेको आवेदन हालसम्मकै उच्च रहेको छ ।
यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख २९ हजारभन्दा बढीको आवेदन परेको थियो । यो हिसाबले यो आइपीओको बाँडफाँड पनि गोलाप्रथाबाट हुनेछ। गोलाप्रथाबाट ३७ हजार ५०० भाग्यमानी लगानीकर्ताले १० कित्ताका दरले सेयर पाउनेछन्।
लघुवित्तले गत शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।
कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणका लागि छुट्याइएको थियो।