थप ९४ जनामा कोरोना संक्रमण पुष्टि, ७१ जना डिस्चार्ज

काठमाडौं, १२ फागुन । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७६० जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार १३९ जना पुगेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा एकजना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २ हजार ६६ जना पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here