यस्ता छन् मेथी खानुका १० आश्चर्यजनक फाइदा

काठमाडौं । हाम्रो वरिपरि पाइने स्वास्थ्यको लागि फाइदाजनक खानेकुराहरू मध्ये ‘मेथी’ पनि एक हो । मेथीमा औषधीजन्य गुण हुन्छ । यो विभिन्न प्रकारका रोगहरूको उपचार गर्न प्रयोग गरिने एक जडीबुटी पनि हो । यसको पात र बिउलाई तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

मेथीको दानामा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, नायसिन, पोटासियम र डायोसजेनिन पाइन्छ । यसको सेवनले पेटको समस्यालाई टाढा राख्नुको साथै छाला र कपाललाई पनि फाइदा गर्दछ ।

यस्ता छन् मेथी खानुका फाइदा :

१. मेथीको दानामा पोटासियम काफि मात्रामा पाइन्छ जसले शरिरमा सोडियमको मात्रा नियन्त्रण गर्दछ र रक्तसञ्चार राम्रो बनाउन र मुटु स्वस्थ राख्न मद्दत गर्दछ ।

२. मेथीमा पाइने एमिनो एसिडले शरिरमा इन्सुलिनको मात्रा नियन्त्रण गर्न मद्दत गर्दछ जसले डायविटिज हुने सम्भावना कम गर्दछ ।

३. मेथीमा भरपुर मात्रामा फाइबरको साथै एन्टि अक्सिडेन्ट पाइन्छ जसले बिकारयुक्त पर्दाथहरु बाहिर निकाल्न र पाचन प्रणाली राम्रो बनाउन मद्दत गर्दछ ।

४. मेथी दाना सेवन गर्नाले शरिरमा एसिड लेवल नियन्त्रण गर्दछ जसले एसिडिटीको समस्या टाढा राख्दछ ।

५. मेथीमा प्रसस्त मात्रामा फाइबर पाइने हुनाले नियमित यसको सेवनले शरिरको तौल घटाउन मद्दत गर्दछ ।

६. मेथीको दानाले हाम्रो शरिरको बिकारयुक्त पदार्थहरु बाहिर निकाल्न सहयोग गर्ने हुदाँ क्यान्सरको खतराबाट समेत बचाउँछ ।

७. मेथीमा पाइने एन्टिब्याक्टेरियल पदार्थले हामिलाई रुघाखोकी र भाइरल ज्वरो बाट बचाँउछ ।

८. यसमा पाइने एन्टिअक्सिडेन्टले छाला चम्किलो र स्वस्थ राख्न समेत मद्दत गर्दछ ।

९. मेथी दानामा पाइने पोटासियमले रक्तसञ्चार राम्रो बनाउछ जस्ले उच्च रक्तचापको समस्या नियन्त्रण गर्दछ ।

१०. नियमित रुपमा बिहानै खालिपेटमा एक चम्चा मेथीसेवन गर्नाले कब्जियतको समस्या समेत ठिक हुन्छ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here