मेस्सीको उत्कृष्ट प्रदर्शनले बार्सिलोनाको सहज जित

काठमाडौं, १३ फागुन । कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा उपाधि दाबेदार मानिएको बार्सिलोनाले एल्चेलाई ३-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै जोर्डी अल्बाको नाममा एक गोल रह्यो ।

यी दुई गोलसँगै मेसीले यो सिजन लिगमा गरेको गोल संख्या १८ पुगेको छ । उनी सर्वाधिक गोल गर्ने खेलाडी सूचीको शीर्षस्थानमा छन् ।

खेलको ४८औँ र ६८औँ मिनेटमा मेस्सीले गोल गरे । ७३औँ मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए ।

जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ ।बार्सिलोनाले २४ खेलमा ५० अंक जोडेको छ । इल्चे २१ अंकसहित रेलिगेसन जोनमा कायम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here