काठमाडौं, १३ फागुन । चन्द्रागिरी हिल्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विहिबारचन्द्रागिरी हिल्सको सेयर मूल्य ९.७७ प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।
पोजेटिभ सर्किट लागेको हिल्सको सेयर मूल्य ३४ रुपैयाँले बढ्दै प्रतिकित्ता ३७७रुपैयाँ पुगेको छ । चन्द्रागिरी हिल्स लिमिटेडको सेयर कारोबार माघ २५ गतेदेखि शुरु भएको थियो ।