दोधारा चाँदनीमा गरिब परिचय पत्रको लगत संकलन

पप्पु गुरुङ्ग

दोधारा, १३ फागुन । सरकारले गरिब घरपरिवार पहिचान र परिचय पत्र वितरण गर्ने निर्णय भए बमोजिक दोधारा चाँदनीमा समेत परिचय पत्र वितरणको लागी लगत संकलन कार्य सुरु भएको छ् ।

नेपाल सरकारले गरिवलाई परिचयपत्र प्रदान गर्न ‘गरिब घर पहिचान निर्देशिका’ पारित गरे संगै दोधारा चाँदनीमा कर्मचारी नियुक्ती गरि दोधारा चाँदनीको वडा–वडामा लगत संकलन कार्य सुरु गरिएको दोधारा चाँदनीका प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्रले जानकारी दिए ।

लगत संकलनको पहिलो चरणमा दोधारा चाँदनी नगरपालिका वडा नं। १, २, ३, ६, ७ र १० का घरघरमा पुगेर गरिव घरपरिवार पहिचान र परिचय पत्र वितरण गर्ने प्रयोजनका लागि लगत संकलन कार्य अघि बढाईएको छ ।

पहिलो चरणको लगत संकलनमा प्रत्येक वडामा गणक खटाईसकेको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । यस्तै दोस्रो चरणमा दोधारा चाँदनी वडा नं। ४, ५, ८ र ९ रहने छ ।

दोधारा चाँदनी नगरपालिका कार्यालयले वडाहरुमा गरिवी परिचय पत्र वितरण गर्ने प्रयोजनका लागि लगत संकलन कार्य भईरहेकोले आ—आफ्नो घर आँगनमा आउने गणकहरुलाई माँग भए वमोजिमको विवरण उपलव्ध गराई सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ ।

‘यस नगरपालिका अन्तर्गतका सवै वडाहरुमा गरिवी परिचय पत्र वितरण गर्ने प्रयोजनका लागि लगत संकलन कार्य भैरहेकोले आ—आफ्नो घर आँगनमा आउने गणकहरुलाई माँग भए वमोजिमको विवरण उपलव्ध गराई सहयोग गरी दिन हुन अनुरोध गरिन्छ्’ दोधारा चाँदनी नगरपालिका कार्यालयको जारी सुचनामा भनिएको छ ।

दोधारा चाँदनी नगर क्षेत्रमा गरिबीको रेखामुनी रहेका जनताको पहिचान गरी गरिब परिचय पत्र वितरण थालेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जनाएका छन् ।

‘लगत संकलनको लागी फिल्डमा गणकहरु खटिसकेका छन्’ दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले भने ।

परिचय पत्र पाएका गरिबलाई आयमूलक कामको लागि सीप, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी, खाद्य सुरक्षाको सुनिश्चितता गर्ने सरकारी योजना छ् । गरिबलाई निस्शुल्क स्वास्थ्य बीमा, अध्ययनको लागि छात्रवृत्ति, आय–आर्जनका कार्यक्रम रहेका बताईएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here