विहिबार लगानीकर्ताको रोजाइमा ‘निफ्रा’ को सेयर, कति भयो किनबेच ?

काठमाडौं १३ फागुन । लगातार ७ दिन पोजेटिभ सर्किट लाग्दै आएको नेपाल इन्फ्रास्टक्चर बैंकको सेयरमा मंगलबार एकैदिन नेगेटिभ र पोजेटिभ सर्किट लागेपछि निरन्तर ओरोला लागेको छ ।

दोस्रो बजारमा कारोबारमा आएदेखि नै लगातार सर्किट लग्दै ओरोला लागेको निफ्रा सेयरको बिहिबार लागानी कर्ताको रोजाइमा परेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा निफ्रा पहिलो नम्बरमा देखिएको छ । त्यसदिन निफ्राको ९० करोड ३५ लाख ६७ हजार रुपैयाँ बराबरको १६ लाख ४९ हजार ९३० कित्ता सेयर खरिद–बिक्री भएको छ।

धेरै लगानीकर्ता भएको कम्पनी भएकाले बजारमा अहिले यसको मूल्य कतिसम्म जाला भन्ने अनेक हल्ला चलिरहेका छन्। खरिद गर्नेतर्फ अझै पनि ठूलो चाप देखिएकाले कम्पनीको मूल्य केही दिन बढ्न सक्ने देखिन्छ।

सेयर बजार विश्लेषकहरू भने अहिले निफ्राको सेयर मूल्य घट्नुलाई चलखेल नै हो भन्न नमिल्ने बताउँछन् ।

सेयर खरिद वा बिक्री जे गरे पनि, त्यसबाट हुने नाफा वा नोक्सान बेहोर्ने स्वयं आफैं हुने भएकाले त्यसको निर्णय लगानी कर्ताले नै लिनुपर्ने विज्ञहरु बताउँछन् । निफ्राले जलविद्युतसहित अरू पूर्वाधार आयोजनामा पनि ऋण लगानी गर्ने सरकारी बहु-स्वामित्वका कम्पनी हो ।

कम्पनीले ठूलो रकममा निक्षेप संकलन गरी पूर्वाधार क्षेत्रमा लगानी गर्छ। उसले संकलन गरेको निक्षेपमा दिने ब्याज र ऋणी आयोजनाबाट लिने ब्याजको अन्तर नै आम्दानीको मुख्य स्रोत हो।

‘बैंकले आफ्नो काम गरिरहेकै छ, राम्रै समूहले सञ्चालन गरेको बैंक भएकै कारण लगानीकर्ताले शंका गर्नु नपर्ने स्थान बैकले बनाएको छ । नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ को चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा १२.५४ प्रतिशतले घटेको छ ।

अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ४० करोड २७ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको नाफा घटेर ३५ करोड २५ लाख कायम भएको हो ।

बैंकको वितरणयोग्य नाफा भने २७ करोड ६० लाख रहेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.७२ प्रतिशतले घटेर ५६ करोड ९४ लाख कायम भएको छ ।

त्यस्तै बैंकको संचालन मुनाफा १२.३२ प्रतिशतले घटेर ३५ करोड २५ लाख कायम भएको छ । १२ अर्ब चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १ अर्ब ९४ करोड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here