मन्जुश्री फाईनान्सद्धारा क्युआर कोड भुक्तानी सेवा सुरु

काठमाडौं । मन्जुश्री फाईनान्स लिमिटेडले डिजिटल बैकिंङलाई प्रभाबकारी बनाउने उद्देश्यले क्युआर कोड भुक्तानी सेवा सुरु गरेको छ ।

फागुन १३ गतेबाट लागु भएको फाईनान्सको क्युआरकोड भुक्तानी सेवा मार्फत गा्रहकहरुले आफ्नो मोवाइल बैकिंङ एपबाट क्युआर स्क्यान गरी आफ्नो बचत खाताबाट बिना चेक नै एक लाख सम्मको भुक्तानी लिन सक्नेछन् ।

मन्जुश्रीले पहिलो क्युआर कोड नयाँ बानेश्वर स्थित ‘जय बाराही टे«डर्स’ लाई प्रदान गरेको छ । नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले फाईनान्सले क्युआर कोड सुविधा सुचारु गरको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here