महिला लघुवित्तको नतिजा शुक्रबार सार्वजनिक हुँदै, यी तीन माध्यमबाट हेर्न सकिन्छ नतिजा

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्थाको आइपीओ शुक्रबार बिहान ८ बजे बाँडफाँड हुँदैछ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा शुक्रबार बिहान ८ आइपीओ बाँडफाँड हुने भएको हो ।

उक्त कम्पनीको आइपीओमा १५ लाख ८० हजार ७८१ जनाले आवेदन दिएका छन् । कम्पनीको आइपीओका लागि परेको आवेदन हालसम्मकै उच्च हो । गोलाप्रथाबाट ३७ हजार ५०० भाग्यमानी लगानीकर्ताले १० कित्ताका दरले सेयर पाउनेछन्।

लघुवित्तले गत शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

यसअघि विभिन्न सञ्चारमाध्यमबाट पनि आईपीओको नतिजा हेर्न मिल्ने व्यवस्था रहेकोमा गोपनीयताको विषयमा प्रश्न उठेसंगै प्राथमिक शेयर अर्थात् आईपीओको नतिजा अब तीन ठाउँबाट मात्रै हेर्न मिल्ने भएको छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार तीन ठाउँबाट मात्रै आईपीओको नतिजा हेर्न मिल्ने गरी विनियमावलीमा परिवर्तन भएको छ ।

अमहिला लघुवित्तको नतिजा सम्बन्धित कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक र मेरो शेयरको वेबसाइट वा मोबाइल एपबाट मात्रै नतिजा हेर्न पाइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here