महिला लघुवित्तको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं, १४ फागुन । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड भएको छ।

धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको काठमाडौंको हात्तीसारस्थित कार्यालयमा शुक्रबार बिहान ८ बजे आइपीओ बाँडफाँड भएको हो।

गोलाप्रथाबाट भाग्यमानी ३७ हजार ५०० लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन्। जसमा १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकोमा ३ हजार ३ सय ५३ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

योग्य कायम रहेका १५ लाख ३६ हजार ६ सय ८२ जनालाई गोलाप्रथामा समावेश गराई सेयर बाँडफाँड गरिएको हो । आवेदन दिएकामध्ये १५ लाख २ हजार ५ सय ३५ जनाको हात खाली भएको छ ।

उक्त कम्पनीको आइपीओमा आवेदन हालसम्मकै उच्च आवेदन परेको थियो लघुवित्तले गत शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

यसअघि विभिन्न सञ्चारमाध्यमबाट पनि आईपीओको नतिजा हेर्न मिल्ने व्यवस्था रहेकोमा गोपनीयताको विषयमा प्रश्न उठेसंगै आईपीओको नतिजा अब तीन ठाउँबाट मात्रै हेर्न मिल्ने भएको छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार तीन ठाउँबाट मात्रै आईपीओको नतिजा हेर्न मिल्ने गरी विनियमावलीमा परिवर्तन भएको छ ।

महिला लघुवित्तको नतिजा सम्बन्धित कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक र मेरो शेयरको वेबसाइट वा मोबाइल एपबाट मात्रै नतिजा हेर्न पाइनेछ ।

लगानीकर्ताहरुले आईपीओको नतिजा हेर्न भने सकस झेल्नुपर्ने भएको छ । संचार माध्यमहरुलाई नतिजा नदिने निर्णयले सिमित ठाँउबाट मात्र रिजल्ट हेर्दा समयमै नतिजा थाहा पाउन मुस्किल पर्नेछ ।

लगानीकर्ताले आईपीओ जारी गर्ने कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट र सिडीएससीको मेरो शेयर मार्फत मात्र नतिजा हेर्न सक्नेछन् । तर मेरोशेयर वेबसाइटमा बारम्बार समस्या आउने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here