भारतीय मिलेनियल चेम्बर र उद्योग वाणिज्य महासंघवीच सहकार्यका लागि सम्झौता

काठमाडौं, १७ जेठ । नेपाल उद्योग वाणिज्य महासंघले भारतको मिलेनियल इण्डिया अन्तरराष्ट्रिय चेम्बर अफ कमर्स, इण्टष्ट्री एण्ड एग्रिकल्चर (एमआईआईसीसीआईए)सँग सहकार्यका लागि सहमति गरेको छ ।

नेपाल भ्रमणमा आउएको मिलेनियलको प्रतिनिधिमण्डल र नेपाली उद्योग वाणिज्य क्षेत्रको छाता संगठनवीच बिहीवार सम्झौता भएको हो ।

महासंघको सचिवालयमा भएको कार्यक्रममा महासंघ प्रदेश नं ३ का उपाध्यक्ष राजन गौतम र मिलेनियलका अध्यक्ष एम्बेसडर अनिल त्रिगुनायतले हस्ताक्षर गरे ।
आपसी व्यवसाय अभिवृद्धिमा सहकार्य गर्न उद्देश्यले दुई संगठनवीच सहमति भएको महासंघले बताएको छ ।

छ बुँदै सहमतिपत्रमा आपसी सहमती अनुसार आवश्यक व्यवसायिक सूचनाको आदान प्रदान गर्ने, सहयोग प्रवद्र्धन गर्ने, कृषि क्षेत्रमा सहकार्य गर्ने, बजार अध्ययन अनुसन्धान गर्ने, व्यावसायिक विस्तारका क्रियाकलाप गर्ने, पालैपालो एक अर्का देशमा व्यवसायिक भेटवार्ता गर्ने, व्यवसायिक भ्रमणको आदान प्रदान लगायतका क्षेत्रमा सहकार्य गर्ने उल्लेख गरिएको छ ।

कार्यक्रमलाई संवोधन गर्दै महासंघका अध्यक्ष भवानी राणाले दुई देश बीचको व्यवसायिक सम्बन्ध विस्तार, सहकार्यका क्षेत्र विस्तार सहितका आपसी हितका क्षेत्रमा मिलेर कार्य गर्न यो सहमती कोशेढुंगा हुने विश्वास व्यक्त गरिन । यसका लागि दुवै संस्थाले सहमतीपत्रमा उल्लेखित बूंदाहरूलाई अक्षरश: लागु गर्नुपर्ने सुझाव उनले दिइन ।

भारतीय राजदुतावासका वाणिज्य सचिव कपिलध्वज प्रताप सिंले दुवै देशका उवासंघहरू बीच भएको सहमतिको सराहना गरे । यसले आपसी सम्बन्धलाई मजवुत बनाउनुको साथै थप उचाईमा पु-याउने उनले बताए ।

महासंघका उपाध्यक्ष किशोर कुमार प्रधान, महासंघको मेला समितिका सभापति दिल सुन्दर श्रेष्ठको पनि उपस्थिति रहेको सो अवसरमा महासंघको प्रदेश नम्वर ३ का उपाध्यक्ष राजन गौतमले मिलेनियल इण्डिया अन्तराष्ट्रिय चेम्वरसंग सहकार्यका लागि जोडिन पाएकोमा खुशी प्रकट गर्दै आपसी हितका विषयमा सहकार्य गरी दुवै देश बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा यो सहमतीलाई सफल बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

मिलेनियलका अध्यक्ष त्रिगुनायतले दुवै संस्था बीचको सहमतीलाई ऐतिहासिक भन्दै सहमतीका बुँदाहरूलाई अक्षरश: कार्यान्वयन गर्ने र नेपाली समकक्षी संस्थासंगको सहकार्यमा आगामी दिनमा विभिन्न कार्यक्रमहरू गर्दै जाने विश्वास दिलाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here