सिमित ठाँउबाट मात्रै रिजल्ट आउने व्यवस्थाले महिला लघुवित्तको नतिजा हेर्न समस्या

काठमाडौं । सञ्चार माध्यमले प्राथमिक शेयर ‘आइपिओ’ को नतिजा आफ्नो वेवसाइटबाट सार्वजनिक गर्न नपाउने भएसंगै आइपिओ परेको नपरेको हेर्न समस्या भएको छ ।

लगानीकर्ताको गोपनियता सार्वजनिक भएको भन्दै शुक्रबार देखि लागु हुने गरी सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडले प्राथमिक शेयरको नतिजा सञ्चार माध्यमले सार्वजनिक गर्न नपाउने व्यवस्था गरेको थियो ।

यो संगै शुक्रबार सार्वजनिक भएको महिला लघुवित्तको नतिजा हेर्नको लागि समस्या भएको सर्वसाधारणको गुनासो छ ।

पछिल्लो व्यवस्था अनुसार महिला लघुवित्तको नतिजा सम्बन्धित कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक र मेरो शेयरको वेबसाइट वा मोबाइल एपबाट मात्रै हेर्न सकिन्छ ।

सञ्चार माध्यमहरुलाई नतिजा नदिने निर्णयले सिमित ठाँउबाट मात्र रिजल्ट हेर्दा समयमै नतिजा थाहा पाउन मुस्किल भएको हो । गोलाप्रथाबाट भाग्यमानी ३७ हजार ५०० लगानीकर्ताले १० कित्ताका दरले महिला लघुवित्त सेयर हात पारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here