बिहेको लगन नहुँदा सुनको व्यापार घट्ने क्रम जारी, कारोबार मूल्य कतिमा झर्यो ?

काठमाडौं । पछिल्ला दिनहरुमा छापावाल सुनको मूल्य घट्ने क्रम जारी छ । शुक्रबार प्रतितोला ५०० रुपैयाँ घटेसंगे गएको चार दिनमै छापावाल सुनको मूल्य प्रतितोला १३०० रुपैयाँ घटेको हो । ११ गते छापावाल सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार छापाल सुनको कारोबार मूल्य प्रतितोला ८८ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको कारोबार मुल्य प्रतितोला ८८ हजार ३५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ घट्यो । बिहीबार प्रतितोला १३५५ रुपैयाँमा कारोबार भएको चाँदीको शुक्रबार कारोबार मूल्य १३३५ रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन महिनामा बिहेको कुनै लगन नभएको कारण व्यापार घटेको र अन्तराष्ट्रिय बजारमा डलरको भाउ निरन्तर घट्दो क्रममा रहेको कारण पनि सुनको मूल्यमा कमी आएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ११६ रुपैयाँ १७ पैसा निर्धारण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here