काठमाडौंमा फेरि बर्ड फ्लू भेटियो, १५ हजार पन्छी नष्ट

फाइलफोटो

काठमाडौं, १४ फागुन । काठमाडौं तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लू भेटिएको छ ।

तारकेश्वर नगरपालिका-१ साङ्लाफाँटमा रहेका व्यावसायिक र्फाममा पालिएका कुखुरासहित विभिन्न प्रजाति गरी १५ हजार ४६४ पन्छी नष्ट गरिएको हो।

बर्डफ्लु रोग तुरुन्त नियन्त्रण गर्न तथा अन्यत्र फैलिन नदिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित सबै निकाय परिचालन गरी संक्रमण फैलिन सक्ने पन्छीलगायत सबै वस्तु नष्ट गरिएको पशु सेवा विभागले जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

विभागले ५६५७ लेयर्स कुखुरा, ७२३६ ब्रोइलर कुखुरा, २५०४ लोकल कुखुरा, ५० टर्की, १७ बट्टाई, ३५७० अण्डा र ३००० केजी दाना नष्ट गरेको जनाएको छ ।

विभागले बर्डफ्लु नियन्त्रणका लागि ४ बुँदे अपिल जारी गर्दै फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न पनि आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here