साताको शेयर बजार : परिसूचक २५५४ विन्दुमा पुग्दा ‘निफ्रा’ को कारोबार कति ?

काठमाडौं, १४ माघ । धितोपत्र बजारमा यस साता ३८ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको छ ।

यो कारोवार रकम गत साताको तुलनामा ६ अर्बभन्दा कम हो । गत साता शेयर बजारमा ४४ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको थियो ।

कारोबार सुरु भएको पहिलो दिन २६४० विन्दुमा पुगेको शेयर बजार कारोबार अन्त्य हुँदासम्मको समयमा घटेर २५५४ बिन्दुमा झरेको हो । यो साता दुई सय १७ कम्पनीहरु कारोबारमा आए ।

यो साता सबैभन्दा धेरै कारोबार नेपाल इन्फास्टेक्चर बैंकले गर्यो । बैंकले साताभर ३ अर्ब ७ करोडको कारोबार गर्यो । त्यस्तै अन्य धेरै कारोबार गर्नेमा क्रमश नेपाल बैंक, एनआइसी एसिया बैंक, ग्लोबल आमइएमई बैंक, नबील बैंक रहेका छन् ।

यो साता कारोबार भएको सुरु भएको पहिलो दिन नेप्से २६४०.३४ अंकमा पुग्दा सेन्सिटिभ भने ४७९.५८ अंकमा पुगेको थियो ।

दोस्रो दिन भने नेप्से ३२.६७ अंकले घटेर २६०७.६७ अंकमा झर्यो । सेन्सिटिभ पनि ९.२२ अंकले घटेर ४७०.३६ अंकमा झर्यो ।

कारोबारको तेस्रो दिन नेप्से २१.१५ अंकले घटेर २५८६.५१ अंकमा झर्यो । सेन्सिटिभ पनि २.४१ अंकले घटेर ४६७.९४ अंकमा झरेको थियो ।

चौथो दिन भने नेप्से १२.५६ अंकले बढेर २५९९.०७ अंकमा पुग्दा सेन्सिटिभ २.४० अंकले बढेर ४७०.३४ अंकमा पुग्यो ।

अन्तिम कारोवार दिनमा शेयर बजारमा पहिरो गयो । बिहीबार नेप्से ४४.९४ अंकले घटेर २५५४.१३ अंकमा पुग्दा सेन्सिटिभ पनि ८.५३ अंकले घटेर ४६१.८१ अंकमा झर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here