थप ११२ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं, १४ फागुन । पछिल्लो २४ घण्टामा नेपालमा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार २७७ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सहित मृतको संख्या २७७१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here