वैदेशिक रोजगारीमा जानेका लागि एनसेलको ‘सहयात्री सिम’

काठमाडौं, १४ फागुन । एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी विशेष योजना ‘सहयात्री सिम’ ल्याएको छ ।

स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ् सेवा यो सिमको केही मुख्य विशेषताहरु हुन् ।

यो सिम योजना शुक्रबारबाट संचालनमा आएको छ । आफ्नो नयाँ अभियान ‘फास्ट फरवर्ड लाइफ’ अन्तर्गत यो योजना ल्याएको एनसेलले बताएको छ ।

यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ ।

सहयात्री सिमको उदेश्य वैदेशिक रोजगारीमा जाने सोच बनाएकाहरुलाई उनीहरुको रोजगारी यात्रामा सम्पूर्ण रुपमा सहयोग पुर्याउनु रहेको छ ।

यस सिममा समेटिएका सबै अफर तथा सुविधाहरु विदेश जाने सोच बनाएका व्यक्तिहरुको यात्रालाई सहज बनाउने र विदेशमा रहेका परिवारका सदस्यसँग सहजै सम्पर्कमा रहिरहन मद्दत गर्ने किसिमका भएको पनि कम्पनीको भनाइ छ ।

यो सिमको मूल्य करसहित रु. ९९ छ । सिमसँगै रु. २० मेन ब्यालेन्स, सात दिनको लागि मान्य हुने २०० एमबी डेटा, २० मिनेट अन नेट टक लाइम र २० वटा अन नेट एसएमएस पाइन्छ ।

यस सिममा पहिलो रिचार्जमा बोनस, एक वर्षसम्म प्रत्येक रिचार्जमा १० प्रतिशत बोनस, नेपाल कल गर्न वा आफु रहेको देशभित्रै कल गर्न १५ मिनेट रोमिङ् सेवा जस्ता विशेष सुविधाहरु रहेका छन् । यसरी प्राप्त हुने १५ मिनेटको रोमिङ् सेवा ग्राहकले भारत, कतार, युएई, मलेशिया, कुवेत, ओमान र दक्षिण कोरियामा प्रयोग गर्न सक्छन् ।

यो सिम अर्थात योजनाअन्तर्गत ग्राहकले निःशुल्क रुपमा ‘कल आयो पैसा पायो’ अफरमा सहभागी हुन सक्छन् । यसमा मेन ब्यालेन्स कम रहेको अवस्थामा पनि मिस्ड कल दिन सकिने सुविधा रहेको छ ।
साथै कुनै पनि भारतीय नम्बरमा लोकल कलको दर कर बाहेक रु. १.९९ प्रति मिनेटमा कल गर्न सकिने सुविधा रहेको छ । यी विशेषता कारणले गर्दा विदेशमा रहेका आफन्त र परिवारका सदस्यहरुसँग सम्पर्कमा रहिरहनका लागि यो सिम एक उत्तम सेवा हो ।

यो सिमका ग्राहकले एनसेल जबसप सेवामा एक महिनासम्म निःशुल्क पहुँच पाउँछन् । एक महिना पश्चात ग्राहकले मासिक जबसप प्लान ५० प्रतिशत छुटमा चलाउन सक्छन् ।

यो योजनाले कामका लागि विदेश जानेहरुलाई नेपालमा रहेका आफ्ना प्रियजनसँग सम्पर्कमा रहिरहन सजिलो बनाउने एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवको भनाइ छ ।

सम्बन्धित समाचारः

भारत कल गर्न एनसेलको सुलभ दरका भ्वाइस प्याक

६३ लाख ३२ हजारले प्रयोग गर्छन् फोरजी सेवा, एनसेलको मात्रै ४० लाखभन्दा धेरै

एनसेलले ल्यायो टिकटक र फेसबुक प्रयोगकर्तालाई नन्स्टप अफर, प्याक लिँदा बाेनस पनि पाइने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here