उद्यमी प्रभाकर समशेर राणाको अमेरिकामा निधन

काठमाडौं, १७ जेठ । उद्यमी प्रभाकर समशेर राणाको ८४ वर्षको उमेरमा निधन भएको छ ।

नेपालमा होटल र पर्यटन व्यावसायका पायोनियर मानिने राणा पाँचतारे होटल सोल्टीका संस्थापक अध्यक्ष हुन् । उनको अमेरिकाको न्यूयोर्कमा उपचाररत अवस्थामा निधन भएको बताइएको छ ।

विगत एक वर्षदेखि अस्वस्थ रहेका उनलाई उपचारको लागि अमेरिकामा लगिएको थियो । राणाको निधन हुँदा उनका छोरा सिदार्थ समशेर राणा पनि अमेरिकामै सँगै थिए ।

सूर्य टोबाको, सिप्रदी ट्रेडिङ, हिमाल पावर कर्पोरेशन जस्ता कम्पनीहरुको समेत स्थापना र सञ्चालनको नेतृत्व गरेका उनी सफल उद्यमी मानिन्छन् ।

उनी पर्यटन क्षेत्रका विभिन्न संघसंस्थामा समेत आवद्ध थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here