राष्ट्रपतिद्वारा फागुन २३ गते अपरान्ह ४ बजे संसद् अधिवेशन आह्वान

काठमाडौं, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार राष्ट्रपतिले २३ गते संसद अधिवेशन आह्वान गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन्।

त्यसपछि फागुन ११ गते सर्वोच्च अदालतले सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो।

सोहीबमोजिम मन्त्रिपरिषद्ले संघीय संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

प्रधानमन्त्री कार्यालयबाट प्राप्त संसद अधिवेशनको पत्र अनुसार राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद बैठक आह्वान गरेकी विज्ञप्तिमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here