स्थानीय तहलाई तेस्रो किस्तावापत थप ७५ अर्ब हस्तान्तरण

काठमाडौं ।चालु आर्थिक वर्ष २०७४\७५ को बजेटमार्फत स्थानीय तहमा बिहीबार तेस्रो किस्ता हस्तान्तरण गरिएको छ । स्थानीय तहका लागि छुट्याइएको समानिकरण अनुदान र सशर्त अनुदानमध्ये तेस्रो किस्ता बिहीबार हस्तान्तरण भएको छ ।
तेस्रो किस्तावापत बिहीबार ७५ अर्ब निकासा भएको उपमहालेखानियन्त्रक यदुनाथ भट्टराईले जानकारी दिए । साथै आवश्यकता अनुसार सबै स्थानीय तहले खर्च गर्न सक्ने उनले बताए ।

बिहीबार स्थानीय तहमा हस्तारन्तरण भएको अनुदान अन्तिम किस्ता हो । यी तहका लागि केन्द्र सरकारले छुट्याएको समानिकरण तथा सशर्त अनुदानमध्ये १ खर्ब ५० अर्ब यसअघि नै गइसकेको छ ।

महालेखा नियन्त्रक कार्यलयका अनुसार अर्थ मन्त्रालयले स्थानीय तहलाई तेस्रो किस्तावापत १ चैतमा ७५ अर्ब रुपैया“ निकासाको अख्तियारी कानूनि रुपमै दिइसकेको छ । सो रकम अब स्थानीय तहको सञ्चित कोषमा पुगेपछि खर्च गर्न सक्छन् ।

त्यस्तै सरकारले चालु आवको बजेटमा स्थानीय तहका लागि समानिकरण अनुदान र सशर्त अनुदान गरी कूल २ खर्ब २५ अर्ब ५ करोड रुपैया“ बजेट छुट्याएको छ । यो रकम तीन किस्तामा स्थानीय तहलाई हस्तान्तरण गर्ने गरी अर्थ मन्त्रालयले बजेट कार्यान्वयन ढाँचा बनाएको छ ।

नेपालका ७ सय ४४ स्थानीय तहमा पुगेको रकमको खर्च समेत महालेखा नियन्त्रकको कार्यालयले विवरण राख्न शुरु गरिसकेको छ ।

अहिलेसम्म झण्डै २ सय स्थानीय तहबाट ५० अर्बभन्दा माथि रकम खर्चको विवरण आएपनि यकिन खर्च विवरण भने संकलन भइरहेको सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व ९पेफा० सचिवालयले जानकारी दिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here