विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, १९ फागुन । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्रबैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६८ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रीदर २९ रुपैयाँ तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८६ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८८ रुपैयाँ ५४ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ १९ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १२ रुपैयाँ १० पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here