काठमाडौं, १९ फागुन । चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बुधबार चन्द्रागिरी हिल्सको शेयर मूल्य १० प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।
पोजेटिभ सर्किट लागेको हिल्सको शेयर मूल्य ५० रुपैयाँले बढ्दै प्रतिकित्ता ५५०रुपैयाँ पुगेको छ । चन्द्रागिरी हिल्स लिमिटेडको शेयर कारोबार माघ २५ गतेदेखि शुरु भएको थियो ।