शेयर बजारमा उछालसँगै २५० नयाँ अर्बपति थपिए, चीन हजार अर्बपति हुने एकमात्र देश

काठमाडौं । शेयर बजारमा उछाल आएसँगै चीनमा २०० भन्दा धेरै नयाँ अर्बपति थपिएका छ् । हुरुन ग्लोबल रिच लिस्टले सार्वजनिक गरेको एक तथ्यांक अनुसार सन् २०२० मा २५९ जना नयाँ अर्बपति थपिएका हुन् ।

हुरुन ग्लोबलको सूचीका अनुसार चीनमा विगत पाँच वर्षको अवधिमा अर्बपतिको संख्या दोब्बर भएको छ ।

कोरोनाको उद्गम स्थान भएपनि कोरोनाभाइरसलाई समयमै नाटकीय रुपमा नियन्त्रण गरेको कारण चिनीयाँ अर्थतन्त्रमा कुनै असर परेन ।

हुरुनका अनुसार सन् २०२० मा २५९ जना अर्ब डलरको सूचीमा प्रवेश गरेका छन् ।विश्वमै अर्बपतिको एक हजारको संख्या पार गर्ने चीन पहिलो मुलुक पनि भएको छ ।

तुलनात्मक रुपमा, दोस्रो राम्रो प्रगति गर्ने मुलुक अमेरिकामा ७० जना नयाँ अर्बपतिको उदय भएको छ । यो सहित अमेरिकामा कूल अर्बपतिको संख्या ६९६ पुगेको छ ।

चीनमा पानीको व्यापार गर्ने नोङ्फुका संस्थापक झोङ शानशानको सम्पत्ति ८५ अर्ब डलर पुगेको छ । विगतमा निर्माण कार्यमा संलग्न झोङले गत वर्ष हङकङमा प्राथमिक शेयर (आइपीओ) जारी गरेर ११ अर्ब डलर नगद संकलन गर्न सक्षमभएका थिए ।

यो संगै चीनमा कुल अर्बपतिको संख्या १ हजार ५८ पुगेको छ । अर्बपतिको संख्या एक हजार भन्दा धेरै भएको चीन विश्वकै एकमात्र देश हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here