कोपा डेल रेः बार्सिलोना आज सेभिल्लासंग भिड्दै, कति बजे सुरु हुँदैछ खेल ?

काठमाडौं । स्पेनिस कोपा डेल रे मा आज बार्सिलोना सेभिल्लासंग भिड्दै छ ।

बार्सिलोनाको घरेलु मैदानमा नेपाली समय अनुसार रातको १ः४५ बजे सेमिफाइनल खेलको दोस्रो लेगको खेल बार्सिलोना जित्नै पर्ने दबाबमा छ ।

यसअघि सेभिल्लाको मैदानमा भएको खेलमा बार्सिलोना २-० गोल अन्तरले पछि परेको छ । बार्सिलोनालाई फाइनल प्रवेशको लागि आज कम्तीमा ३-० को नतिजा निकाल्नुपर्ने छ ।

केही दिनअघि स्पेनिस ला लिगामा बार्सिलोनाले सेभिल्ला विरुद्ध २-० को जित निकालेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here