बिराटचोकमा बजाजको नयाँ शोरुम, स्पयेर पार्टस, सेल्स तथा एसेसरिज सेवा दिने

काठमाडौं, १८ जेठ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले मोरङको बिराटचोकमा याँ शोरुम संचालनमा ल्याएको छ ।

मोरङका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले एचएच बजाजले आफ्नो सञ्जाल बढाउँदै त्यहाँ मनकामना अटोमोबाईल्स संचालन गरेको बताएको छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस्, सेल्स्, सेवा तथा एसेसरिज खरिदका लागि सहज बनाउने र त्यसको माध्यमबाट एचएच बजाजले देशभर आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने कम्पनीको भनाइ छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै एचएच बजाजका महाप्रवन्धक योगेन गुरुङले भने, ‘ग्राहकहरुको बढ्दो मागकै कारण हामीलाई बिराटचोकमा नयाँ शोरुम संचालन गर्न उत्साहित बनाएको हो । यो विस्तारसँगै मोरङका ग्राहकहरु विभिन्न माध्यमबाट लाभान्वित हुनेछन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here