१८ जेठ, काठमाडौं । नेपाल वायुसेवा निगमले जापानपछि चीनमा उडान बिस्तार गर्ने भएको छ ।
चीनले नेपाल वायुसेवा निगमका लागि बेइजिङमा स्लट उपलब्ध गराउन सकारात्मक सन्देश दिइसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । ‘निगम निकट भविश्यमा ग्वान्झाओ जाने तयारीमा छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘निगमको पहिलो उडान ग्वान्झाओमा हुनेछ ।’ त्यसपछि सन् २०१९ भित्रै निगमको उडान सांघाईमा हुने मन्त्रालय स्रोतको भनाई छ ।
निगमले लामो समयदेखि चीनमा उडान बिस्तारको तयार गरेपनि विमानस्थलमा स्लट पाउन सकिरहेको छैन । नेपाल र चीनबीच आगामी साउनमा हवाई सेवा सम्झौतामा पुनरावलोकन हुँदैछ ।
उक्त सम्झौताले चीनका नयाँ नयाँ शहरसम्म जान पाउने गरी अनुमति पाउने भएकाले नेपाली जहाजहरुलाई चीन उडान केही खुकुलो हुने अपेक्षा नेपालले गरेको छ ।
नेपाल वायुेसवा निगमले निकट भविश्यमा जापानमा उडान गर्दैछ । जापानको ओशाकामा पहिलो उडान गर्दैछ । चीन र जापान नेवानिका लागि नयाँ गन्तब्य भे होइनन् । विगतमा उडान गरिसकेका यी गन्तब्यमा निगमसँग जहाज कम हुँदै गएपछि बन्द भएका थिए ।
निगमसँग अहिले एयरबस कम्पनीका दुई न्यारोबडी र दुई वाइडबडी जहाज छन् ।