जगदम्बा सिमेन्टद्वारा निर्माण एक्सप्रेसहरुसँग अन्तक्र्रिया

काठमाडौं । जगदम्बा सिमेन्टले फागुन १७ गते सिन्धुपालञ्चोकको मेलम्चीमा ४० भन्दा धेरै निर्माणकर्मी, इन्जिनिएर, आयोजना प्रमुख लगायत मिडियाकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

हामीले हाम्रा संरचनाहरु भुकम्प प्रतिरोधात्मक बनाउन गुणस्तरीय निर्माण सामाग्रीका प्रयोगका साथै दक्ष जनशक्तिहरुबाट निर्माण सम्पन्न गर्नुपर्ने कुरा कम्पनीका बिक्री प्रबन्धक नवराज भुर्तेलले प्रष्ट पारे ।

त्यस्तै, मेलम्ची नगरपालिका भवन शाखाका प्रमुख इन्जिनीयर जित बहादुर कार्कीले निर्माण संरचना र सेटिङ टायमका आधारमा मात्र ओ.पि.सि. र पि.पि.सि. सिमेन्टको प्रयोग गर्नुपर्ने कुरामा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here