बार्सिलोना कोपा डेल रेको फाइनलमा

काठमाडौं, २० फागुन । बार्सिलोना कोपा डेल रेको फाइनलमा पुगेको छ । गएराती सेमिफाइनलको दोस्रो लिगमा सेभियालाई ३-० गोल अन्तरले पराजित गरेर समग्रमा ३-२ को अग्रतासहित फाइनलमा पुगेको हो ।

यसअघि भएको पहिलो लिगमा बार्सिलोना सेभियासँग २-० गोल अन्तरले पराजित भएको थियो ।

दोस्रो लेगको अतिरिक्त समयमा मार्टिन ब्रेटवाइटले हेडबाट निर्णायक गोल गरे । नाटकीय साबित खेलमा ओसमन डेम्बेलेले बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

९० मिनेटमा २-२ गोल भएपछि खेल अतिरिक्त समय खेलाइएको थियो । बार्सिलोनाका लागि ९० मिनेटको अन्तिम समयमा जेरार्ड पेकिले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए ।

सेभियाले ९० मिनेटको खेलमा खेलको ७३औ मिनेटमा पाएको पेनाल्टी गोल गर्न चुकेको थियो ।ओकाम्पसले हानेको पेनाल्टीलाई बार्सिलोनाका गोलकिपर स्टेगनले बचाएका थिए ।

यस खेलमा सेभियाका दुई खेलाडीले रातो कार्ड पाएका थिए । ९० मिनेटको खेलको अन्तिम मिनेटमा फेर्नान्डोले रातो कार्ड पाएका थिए भने १०३ औँ मिनेटमा लूक डी जोंगले रातो कार्ड पाएका थिए ।

अब बार्सिलोना कीर्तिमानी ३१औं कोपा डेल रे उपाधि जित्ने लक्ष्यमा हुनेछ । त्यसमा उसको प्रतिद्वन्द्वी एटलेटिको बिलबाओ अथवा लेभान्टे हुनेछ ।

बार्सिलोना योसहित ४२ औ पटक कोपाको फाइनलमा पुगेको छ । बार्सिलोनाले अहिलेसम्म सबै भन्दा धेरै ३० पटक कोपाको उपाधि जितेको छ भने ११ पटक उपविजेता बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here