सरकाले ल्यायो ब्रेन गेन सेञ्टर, विश्वभरका नेपाली विज्ञलाई राष्ट्रसँग जोड्ने

काठमाडौं, १८ जेठ । विश्वभर छरिएर रहेका नेपाली विज्ञहरुलाई राष्ट्रिय हीतका लागि उपयोग गर्ने उद्देश्यले सरकारले ब्रेन गेन सेण्टर सञ्चालनमा ल्याएको छ ।
मुलुकबाट कामदार र वौद्धिक दुवै प्रकारका जनशक्ति पलायन भइरहेका बेलामा सरकारले यो नयाँ पहलको शुरुवात गरेको हो ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले शुक्रवार दिउँसो सो केन्द्रको औपचारिक उद्घाटन गरे । परराष्ट्र मन्त्रालयका अनुसार सो केन्द्रले संसारभर रहेका नेपाली विज्ञ तथा पेशाकर्मीहरुसँग सम्बन्ध स्थापना गर्ने उद्देश्य राखेको छ ।

मुलुकको सामाजिक तथा आर्थिक विकासमा उनीहरुको दक्षताको उपयोग गर्ने लक्ष्य सरकारले लिएको छ ।

त्यस्ता विज्ञ तथा पेशाकर्मीको पहिचान गर्ने, उनीहरुको प्रवद्र्धन गर्ने, एकअर्का र मुलुकवीच सम्बन्ध स्थापना गर्ने, मुलुकको हीतमा उनीहरुलाई परिचालन गर्ने र उनीहरुलाई पुरस्कृत समेत गर्ने केन्द्रको भनाइ छ ।

केन्द्रको डाटाबेसलाई डब्ल्यु डब्ल्यु डब्ल्यु डट मोफा डट जीओभी डट एनपी÷बीजीसी बाट हेर्न तथा प्रयोग गर्न सकिन्छ । सो डाटाबेस सञ्चालनमा आइसकेको छ, यो स्थानीय नेपाली र विदेशसमा रहेका डायस्पोराहरुसँग व्यावहारिक सम्बन्ध स्थापना गर्ने एक प्रयास पनि हो, मन्त्रालयले भन्यो ।

मन्त्री ज्ञवालीले तीन साता अघि नै विदेशमा रहेका विज्ञहरुलाई सो डाटाबेसमा दर्ता हुन आह्वान गरिसकेका छन् । हालसम्म करीब ४ सय ५० जना नेपाली डायस्पोरा सदस्यहरुले बीजीसीमा दर्ता गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here