नरेन्द्र मोदीको पहिलो कार्यकालमा भारतको आर्थिक वृद्धि सबैभन्दा कम

निर्मला सीतारमणले पद सम्हालेकै दिन भारतीय अर्थतन्त्रमा नकारात्मक खबर, आर्थिक वृद्धि ५ वर्षयता कै कम

१८ जेठ, नयाँदिल्ली । भारतमा नयाँ सरकार गठन भएसँगै वित्त मन्त्रालयको जिम्मा निर्मला सीतारमणको जिम्मामा पुगेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा गठन भएको मन्त्रीपरिषद्का अधिकांश सदस्यले शुक्रबार पदभार ग्रहण गरे ।

सीतारमणले पनि मन्त्रालयको पदभार सम्हाल्नासाथ एक चूनौतिपूर्ण खबर उनको सामु आयो । भारतीय आर्थिक वर्ष २०१८\१९ को चौथो त्रैमासिकमा भारतको आर्थिक वृद्धि पछिल्लो ५ वर्षयता कै कम भएको पाइयो ।

अझ रमाइलो पक्ष के छ भने यो पाँच वर्ष लोकप्रिय मत पाएर विजयी भएका प्रधानमन्त्री मोदीकै नेतृत्वमा सरकार थियो । प्रधानमन्त्री मोदीको कार्यकालमा आर्थिक गतिविधिमा मन्दी देखिएका कारण त्यसको समग्र असर आर्थिक वृद्धिमा देखिएको हो ।

यस अवधिमा भारतको आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष २०१७\१८ को सोही अवधिमा भारतको आर्थिक वृद्धिदर ७.७ प्रतिशत रहेको छ ।

भारतीय संचारमाध्यमका अनुसार आर्थिक वृद्धि कम हुनुमा कृषि, उद्योग तथा उत्पादनशिल क्षेत्रमा देखिएको मन्दी मूख्य कारण हो । चौथो त्रैमासिकको असरले समग्र आर्थिक वृद्धि मै गिरावट आएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here