सेफको १४ औं अधिवेशन सम्पन्न

काठमाडौं १८, जेठ । साउथ एसियन फेडेरेसन अफ एक्सचेन्जेज (सेफ) को १४ औं वार्षिक अधिवेशन शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । सेफ दक्षिण एसियाली मुलुकका स्टक एक्सचेन्जहरुको छाता संगठन हो ।

सेफसँगको समन्वयमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र मर्कन्टायल एक्सचेन्ज नेपालको सह आयोजनामा ‘मोर्डनाइजेसन अफ क्यापिटल मार्केट इन नेपाल एन्ड एक्रस द बोर्डर’ विषयमा एक दिने छलफल कार्यक्रम पनि सम्पन्न भएको छ ।

अधिवेशनमा सर्वसम्मतिबाट नयाँ कार्यसमितिको चयन भएको छ । जस अनुसार अध्यक्षमा रोयल स्टक एक्सचेन्ज अफ भुटानका प्रमुख कार्यकारी अधिकृत दोर्जि फुन्ट्सो र उपाध्यक्षमा मर्कन्टायल एक्सचेन्ज नेपालका प्रमुख कार्यकारी अधिकृत जितेश सुरेन्द्रन चुनिएका छ । फुन्ट्सो र सुरेन्द्रन आगामी दुई वर्षका चुनिएका हुन ।

अधिवेशनले सेफको विधान संशोधन गर्नुका साथै संस्थाको पुनर्सरचना गर्ने, कार्य समितिको आगामी बैठक बस्ने स्थान तथा मिति तय गरेको छ । सेफ कार्यसमितिको बैठकमा प्रविधि, बजार प्रवद्र्धन तथा कारोबार जोखिम न्युनीकरण सम्बन्धी उपसमिति गठन गरिएको छ ।

यस्तै, सूचना तथा ज्ञान प्रवद्र्धनमा आपसी सहकार्यलाई अघि बढाउने, निकट सहकार्यका लागि प्रत्येक सदस्यले सम्पर्क व्यक्ति तोक्ने, सदस्य एक्सचेन्जहरुमा कार्यरत कर्मचारी तथा पुँजी बजार जनशक्तिको क्षमता अभिवृद्धिका लागि तालिम तथा अन्तक्र्रियाको व्यवस्था गर्ने निर्णय पनि वैठकले गरेको छ ।

‘मोर्डनाइजेसन अफ क्यापिटल मार्केट इन नेपाल एन्ड एक्रस द बोर्डर’ विषयक अन्तरिक्रयामा बैकिङ क्षेत्र र पुँजी बजारको सबलिकरण विषयमा छलफल भएको थियो । यस्तै, स्टक एक्सचेन्जको आधुनिकिकरण, नयाँ कम्पनीको सूचीकरण तथा सर्वसाधारण लगानीकर्ताका लागि नयाँ कारोबारयोग्य औजारको
व्यवस्था गर्ने विषयमा पनि विभिन्न शत्र सञ्चालन भएका थिए ।

अन्तरक्रियामा फराकिलो पुँजी बजार संरचना निर्माण गर्ने विषयमा पनि छलफल भएको थियो । कार्यक्रममा बंगलादेश, भारत, भुटान, मालदिभ्स, श्रीलंका र नेपालका पुँजी बजार, बैकिङ, बिमा तथा अन्य वित्तीय क्षेत्रका प्रतिनिधि, दुई पक्षीय तथा बहुपक्षीय दातृ निकायका प्रतिनिधिको सहभागिता रहेको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here