सिंगटी हाइड्रो इनर्जीको आइपीओ निष्कासन मिति तय

काठमाडौं, २१ फागुन । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणलाई निष्कासन गर्ने आइपीओको मिति तय भएको छ । कम्पनीले आगामी चैत ६ गतेदेखि आइपीओ निष्कासन गर्ने लागेको हो ।

कम्पनीको आइपीओ चैत ६ गतेदेखि खुलेर छिटोमा चैत १० गते र ढिलोमा चैत २० गते बन्द हुनेछ । कम्पनीको आइपीओमा न्यूनतम १०कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।

एक सय रुपैयाँ अंकित मूल्य भएको २९ लाख कित्ता सेयरमध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधरणका लागि निष्कासन गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here