एक सातामै प्रतितोला ३२०० रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं । एक सातामै छापावाल सुनको मूल्य प्रतितोला ३२०० रुपैयाँ घटेको छ ।

नेपाल सूनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार प्रतितोला ९०० रुपैयाँ घटेसंगै छापावाल सुनको मूल्य एकैसाता ३२०० रुपैयाँ घटेको हो । अघिल्लो साता छापावाल सुनको कारोबार मूल्य प्रतितोला ८८ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

आज प्रतितोला ९०० रुपैयाँ घटेसंगै छापावाल सुनको कारोबार मूल्य प्रतितोला ८५ हजार ६०० रुपैयाँमा झरेको छ ।

त्यस्तै, तेजावी सूनको मूल्य पनि प्रतितोला ९०० रुपैयाँ नै घट्यो । शुक्रबार तेजावी सुनको कारोबार मूल्य ८५ हजार १५० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ घट्यो । आज चाँदीको कारोबार मूल्य प्रतितोला १२५० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here