शिवम् सिमेन्ट एक नम्बरमा, सातामा ६६ करोडको सेयर कारोबार

काठमाडौं १८, जेठ । साताका प्रमुख १० कम्पनीमध्ये शिवम् सिमेन्टको सबैभन्दा बढी कारोबार भएको छ । पाँच दिनको कारोबारमा शिवम् सिमेन्टको मात्र ६६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

गत साता शिवम सिमेन्ट ६१ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । पछिल्ला केही साता यता शिवम् सिमेन्टको धेरै कारोबार हुँदै आएको छ । साताका प्रमुख १० कम्पनीमा ७ वटा वाणिज्य बैंक, एक\एक वटा जलविद्युत, उत्पादन तथा प्रशोधन र ‘अन्य’ क्षेत्रका कम्पनी छन् ।

जसमध्ये सबैभन्दा पहिलो नम्बरमा शिवम् सिमेन्ट, दोस्रोमा प्रभु बैंक, तेस्रोमा नेपाल बैंक, चौथोमा अपर तामाकोशी हाइड्रोपावर, पाँचौमा एनसीसी बैंक, छैठौंमा कृषि विकास बैंक, सातौमा जनता बैंक, आठौंमा मेगा बैंक, नवौमा एनआईसी एसिया र दशौंमा नेपाल दुरसंचार कम्पनी छ ।

साताको कुल कारोबारमा यी १० कम्पनीको हिस्सा करिब ५२.५६ प्रतिशत छ । सातामा कुल ४ अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साता प्रमुख १० कम्पनीको मात्र २ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here