१० महिनामा ४४ हजार टन आलु कालीमाटी भित्रियो, आधाभन्दा धेरै भारतबाटै

जितेन्द्र खनाल

काठमाडौं २१ फागुन । यस वर्ष १० महिनाको अवधिमा कालीमाटीमा ४४ हजार टन आलु भित्रिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारको तथ्यांक अनुसार यस वर्षको बैशाखदेखि फागुन महिनाको १८ गतेसम्ममात्रै ४४ हजार ७ सय ३८ टन आलु भित्रिएको हो ।

बजारमा रातो, निलो र सेतो आलु आउने गरेको छ । पाँचखाल, साँखु, मुडे र नुवाकोटमा उत्पादन भएको नेपाली आलुहरु धेरै मात्रामा कालीमाटी भित्रने गरेका छन् ।

यी तीन जिल्लाबाट आउछ धेरै आलु

कालीमाटी तरकारी बजारको तथ्यांक अनुसार काभ्रे, दोलखा र सिन्धुपाल्चोकबाट सबैभन्दा धेरै मात्रामा आलु भित्रने गरेको छ ।

काभ्रे

यस वर्षको फागुन १८ गतेसम्म काभ्रेबाट मात्रै ६ हजार ४ सय ९६ टन आलु कालीमाटी भित्रिएको छ । काभ्रे सबैभन्दा धेरै आलु कालीमाटी भित्रने पहिलो जिल्ला हो ।

दोलखा

यस बिचमा दोलखाबाट २ हजार ७ सय २ टन आलु कालीमाटी भित्रियो ।

सिन्धुपाल्चोक

सिन्धुपाल्चोकबाट पनि अहिलेसम्म २ हजार १ सय ९६ टन आलु कालीमाटी भित्रिएको छ ।

भारतबाट मात्रै आधाभन्दा धेरै

नेपालमा वार्षिक धेरै परिणाममा आलु नेपाल आउने गरेको छ । कालीमाटी तरकारी बजारको तथ्यांक अनुसार यो वर्षको फागुन १८ गतेसम्म मात्रै २६ टनभन्दा धेरै आलु नेपाल भित्रिएको छ ।

कारोना संक्रमणको कारण झण्डै तीन महिना भारतबाट आलु निर्यात बन्द हुँदापनि अहिलेसम्म २६ हजार ६ सय ३८ टन आलु भारतबाट मात्रै आएको कालीमाटी फलफूत तथा तरकारी बजारको तथ्यांकले देखाउँछ ।

२०७७ साउन ४ गतेबाट भने दैनिक रुपमा नै भारतिय आलु कालीमाटी फलफूत तथा तरकारी बजारमा भित्रिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here